शुक्रबार, २१ वैशाख २०८१

नवनियुक्त प्रधानमन्त्री दाहालसंग एसजेभिएनका अध्यक्ष शर्माको शिष्‍टाचार भेटवार्ता

समयपोष्ट २०७९ पुष १३ गते २०:०४

Advertisement

एसजेभिएन लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले आज नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालसंग शिष्‍टाचार भेटवार्ता गरेका छन् ।

नौ सय मेगावाटको अरुण–३, ६६९ मेगावाटको तल्लो अरुण र ४९० मेगावाटको अरुण–४ जलविद्युत आयोजना कार्यान्वयनको समीक्षा गर्न र नेपालका विभिन्न निकायसँग छलफल गर्न नेपाल भ्रमणमा रहेका शर्माले आज नवनियुक्त प्रधानमन्त्री दाहालसंग भेटवार्ता गरेका हुन् ।

भेटमा शर्माले निर्माणाधीन ९०० मेगावाटको अरुण ३ जलविद्युत आयोजना र २१७ किलोमिटर सम्बद्ध प्रसारण प्रणालीको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

उनले अरुण उपत्यकामा एसजेभीएनले निर्माण गरिरहेको ६६९ मेगावाटको तल्लो अरुण र ४९० मेगावाटको अरुण ४ जलविद्युत आयोजनाको स्वीकृतिमा भएको प्रगतिको बारेमा पनि जानकारी गराए ।

Advertisement

एसजेवीएनले अरुण–३ जलविद्युत आयोजनालाई निर्धारित समयभन्दा अगाडि नै सञ्चालन गर्ने र आवश्यक स्वीकृति प्राप्त हुने बित्तिकै तल्लो अरुण जलविद्युत आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य राखेको छ ।

भेटका क्रममा शर्माले नेपालको प्रचुर जलविद्युत सम्भाव्यताको विकासका बारेमा चर्चा गरेका थिए । उनले नेपालमा थप जलविद्युत आयोजनाको विकासका लागि एसजेभीएनलाई विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रधानमन्त्री दाहालले आयोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै नेपाल र भारतबीचको ऊर्जा क्षेत्रको सहयोगमा एसजेभिएनको भूमिकाको प्रशंसा गरे । उनले एसजेभीएनका सबै आयोजनाको कार्यान्वयन र नेपालको जलविद्युत् सम्भावनाको अधिकतम विकासका लागि आफ्नो पूर्ण सहयोग रहने आश्वासन दिए ।

हाल एसजेभिएनसँग कूल ४५ हजार मेगावाटको पोर्टफोलियो छ जसमध्ये यसले नेपालमा २०५९ मेगावाटका तीनवटा जलविद्युत आयोजनाहरू सञ्चालन गरिरहेको छ। एसजेवीएनले २०२३ सम्ममा ५००० मेगावाट, २०३० सम्म २५००० मेगावाट र २०४० सम्ममा ५०००० मेगावाटको आफ्नो साझा भिजन हासिल गर्ने लक्ष्य राखेको छ । सन् २०३० सम्ममा नेपालमा ५०००० मेगावाटका आयोजनाहरूको लक्ष्य पनि राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री