शुक्रबार, ४ जेठ २०८१

सिटिजन्स बैंकका ग्राहकलाई स्र्पश मल्टि स्पेसालीटी हस्पिटलमा छुट

समयपोष्ट २०७८ मंसिर २८ गते १७:५५

Advertisement

सिटिजन्स बैंकका ग्राहकले वीरगन्जस्थित स्र्पश मल्टि स्पेसालीटी हस्पिटलमा छुट पाउने भएका छन् ।

बैंक र हस्पिटलबीच समझदारी भएपछि सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले छुट पाउने भएका हुन् ।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री