बिहीबार, २० वैशाख २०८१

नाडाको अध्यक्षमा ध्रुव थापा, चौधरीको प्यानलका १२ जना र थापा प्यानलबाट ५ जना विजयी

समयपोष्ट २०७८ मंसिर २४ गते ७:१३

Advertisement

नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् ।

बिहीबार राति सकिएको मतगणना अनुसार अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।

सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् । चौधरीको प्यानलबाट मिलनबाबु मल्ल (१४६५), अनुपकुमार मल्ल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२), सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।

Advertisement

सोही प्यानलबाट अभिक ज्योती (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंहानिया (१३७१) गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।

थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री