शुक्रबार, ४ जेठ २०८१

महालक्ष्मी विकास बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट

समयपोष्ट २०७८ मंसिर २३ गते १७:१४

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टर बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा आर्कषक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिीजटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

Advertisement

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इ एम भि चिप वेस्ड ट्राभल कार्ड, इ कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप वेस्ड ट्राभल कार्ड,इ कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री