बुधबार, २ जेठ २०८१

लोडसेडिङको तालिका निकाल्ने प्राधिकरणको तयारी

समयपोष्ट २०७७ पुष १६ गते १४:२८

Advertisement

विद्युत प्राधिकरणले फिडर ब्यवस्थापन गर्नुपर्ने कारण देखाउँदै बिहीबार ललितपुरका केही स्थानमा तीन घण्टा बिदूत आपुर्ति बन्द हुँने सुचना जारी गरेको छ ।

प्राधिकरणले सुचनामा काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा, चापागाउँमा बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजे देखि ३ बजे म्म विद्युत आपूर्ति बन्द हुँने सुचना जारी गरेको हो ।

प्राधिकरणले औपचारिक लोडसेडिङको सुरुवात गर्ने गरी नियोजित रुपमा यस्तो सुचना जारी गरेको प्राधिकरणकै कर्मचारीको भनाई छ । एक कर्मचारीका अनुसार उपभोक्ताबाट कुनै विरोध नआएमा विस्तारै लोडसेडिङको तालिका नै प्रकाशित गर्ने तयारी प्राधिकरणको छ ।

काठमाडौंमा गत वर्ष साढे चार सय मेगावाट हाराहारी विद्युतको माग रहेकोमा अहिले ३७० देखि ८० मेगावाट मात्रै विद्युत माग छ।जुन गत वर्षको तुलनामा ६० देखि ७० मेगावाट कम हो । १४५० मेगावाटको माग सजिलै व्यवस्थापन गर्न सकिने भएपनि कुनै तत्वले जवरर्जस्ती लोडसेडिङ गराउन चाहेको प्राधिकरणकै कर्मचारी बताउँछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री