बिहीबार, १५ चैत २०८०

भाषासेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धरलाई हेमराज सिरपा: (पुरस्कार) प्रदान

समयपोष्ट २०७७ मंसिर २९ गते १५:०४

Advertisement

हेमराज सिरपा: (पुरस्कार) यस वर्ष भाषासेवी, समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धरलाई प्रदान गरिएको छ । लोक साहित्य परिषदले शनिवार मानन्धरकै निवासमा एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा हेमराज पुरस्कार दाता तथा हेमराज शाक्यका सुपुत्र सुरेन्द्र शाक्य र प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त रुपमा रु १ लाख पुरस्कार राशी तथा सम्मानपत्र मानन्धरलाई प्रदान गरे ।

कार्यक्रमलाई संबोधन गर्दै शताब्दी पुरुष जोशीले भाषा साहित्यमा लक्ष्मीदासले पाइला चाले झै सवैले पाइला चाल्न सके भाषाको उत्थान हुने बताए । उनले लक्ष्मीदास नभएको भए नेपालभाषाबारे आजको पुस्ता अनबिज्ञ रहने भन्दै उनलाई सम्मान गर्न पाएकोमा आफु अत्यन्त गर्वित भएको बताए ।

नेपालभाषाबाट शिक्षा दिने नेपालको पहिलो विद्यालय जगतसुन्दर ब्वनेकुथि लक्ष्मीदास मानन्धरको प्रयासबाट स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री