शुक्रबार, ७ वैशाख २०८१

धनगढीका रावतसँग लगनगाँठो कस्दै श्वेता खड्का

समयपोष्ट २०७७ मंसिर १८ गते ७:५७

Advertisement

अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी छन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ ।

उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ । हुन त स्वेता र विजयेन्द्रको बिवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो । तर, अभिनेत्री श्वेताले भने उक्त समचारमा खन्डन गर्दै आएकी थिइन् ।

यस अगाडि उनको बिवाह गत ५ मंसिरमा हुने हल्ला चलेको थियो । त्यतिबेला पनि उनले बिहे गर्ने खबर झुट भएको बताएकी थिइन् ।  फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधन पछि पनि उनी अभिनय  समाजसेवामा सक्रिय उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री