शुक्रबार, ७ वैशाख २०८१

एमाले र माओवादीका आशालाग्दा नेताले स्विकारे ओली र प्रचण्डको सहकार्य

समयपोष्ट २०७४ पुष ८ गते १४:०५

वाम गठबन्धनका नेताहरूले मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन् ।

Advertisement

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई सम्वोधन गर्दै वाम गठबन्धनका युवा नेताहरूले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा भ्रमको पछि नलाग्न आग्रह गरे ।

माओवादी केन्द्रका नेता तथा बिना विभागीयमन्त्री जनार्दन शर्माले तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र सरकार निर्माणसँगै पार्टी एकता हुने बताए ।

वाम सरकार गठन भएसँगै मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै मुलुकलाई सम्वृद्धि र विकासको बाटोमा अगाडि बढाउने उनको भनाइ छ ।

एमालेका सचिव योगेश भट्टराईले कम्युनिष्ट पार्टीहरू सधैँभरि प्रजातन्त्र र जनताको पक्षमा रहेको हुँदा लोकतान्त्रिक मूल्य मान्यताको आधारमा छिट्टै सरकार गठन गरेर अगाडि बढ्ने बताए ।

उनले वाम सरकार गठन भएपछि मुलुकमै रोजगारीको सिर्जना गरी विदेशीयका युवालाई स्वादेशमै फर्काउने, व्यवसायमा लगानी गर्नुका साथै मुलुकका विद्यमान समस्या समाधान गर्ने बताए ।

मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले कला, शीप र दक्षताका धनी सुनचाँदीे व्यवसायी तथा कामदारको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।  सुनचाँदी व्यवसायी तथा कामदारको पेशागत संरक्षणका लागि २०७३ असोज १२ गते स्थापना गरिएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री