मंगलबार, ११ वैशाख २०८१

नेपाल कम्युनिटीको सेयर लिलामीमा

समयपोष्ट २०७४ पुष ७ गते ७:२४

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले  १२० प्रतिशत हकप्रदमा अवितरित ५ लाख ९७ हजार ३४९ दशमलव ८० कित्ता सेयर लिलाममा राखेको छ ।

Advertisement

बैंकले सर्वसाधारण समूहको ६७ हजार १०६ दशमलव ६४ कित्ता तथा संस्थापक समूहको ५ लाख ३० हजार २४३ दशमलव १६ कित्ता सेयर पुस ७ गते शुक्रबारदेखि लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । लिलामीमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुंगा पोखरा तथा नेपाल कम्युनिटीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट लिलामीमा आवेदन गर्न सकिनेछ ।

त्यस्तै इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, सुर्खेत नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र फारम प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री