शुक्रबार, १४ वैशाख २०८१

काँग्रेस हाँक्ने जिम्मा पाउलान् त शेखरले ? यस्तो आयो शेखरको अभिब्यक्ति-

समयपोष्ट २०७४ पुष ७ गते ६:५८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी  केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।  आज कोइराला निवास विराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति वैठक बोलाउन माग गरेका हुन् ।

Advertisement

कोइरालाले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको बताए ।

उनले पार्टी सङ्गठन  टोल–टोलमा विस्तार गर्नुपर्ने बताउँदै अहिले पार्टीको संरचनालाई बलियो बनाउन प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्नेमा जोड दिए ।

उनले पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक रहेको बताए ।

कोइरालाले पार्टीभित्रैबाट अन्तर्घात भएका कारण पराजित भएको  उल्लेख गर्दै त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री