शुक्रबार, १६ चैत २०८०

सगरमाथाको उचाई मापन गर्न भारतलाई पन्छाउँदै किन दिइयो चीनलाई

समयपोष्ट २०७४ पुष ५ गते १५:२५

नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ ।

Advertisement

यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।

सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८४८ मिटरलाई मान्दै आएको छ ।

नापी विभागले आज पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दियो ।

सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताए ।

विभागले सगरमाथाको उचाइ मापन गर्न बनाइएको कार्यविधिलाई अन्तिम रुप दिन यही मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय गोष्ठीको आयोजनासमेत गरेको थियो ।

त्रुटिपूर्ण नक्सा प्रकाशन र प्रसारण नगर्न आग्रह

विभागले नेपालको नक्सालाई त्रुटिरहित ढंगले प्रकाशन र प्रसारण गर्न व्यक्ति तथा सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।

त्रुटिपूर्णरुपमा प्रकाशन, प्रसारण गर्दा छिमेकी मुलुकले सीमा स्तम्भलाई मिच्नसक्ने भन्दै विभागले आफूले जारी गरेको आधिकारिक नक्सा प्रयोग गर्न आग्रह गरेको हो ।

विभागले आधिकारिक नक्सा प्रयोग नगर्ने व्यक्ति वा सञ्चारमाध्यमलाई नाप जाँच ऐन २०१९ बमोजिम रु २० हजार जरिवाना र प्रकाशन सामग्री जफत गर्ने जनाएको छ ।

जग्गाको क्षेत्र यकिन गरी खरिद बिक्री गर्न आग्रह

विभागले घरजग्गाको कारोबार गर्दा रेखांकन तथा क्षेत्रफल यकिन गरेर खरिद बिक्री गर्न आग्रह गरेको छ ।

जग्गा खरिद बिक्री गर्दा धेरै व्यक्ति ठगिएको जनगुनासो आएपछि विभागले नापी कार्यालयबाट विधिवत्रुपमा खटिएका कर्मचारीबाट नक्सा स्वीकृत गराएर खरिद बिक्री गर्न आग्रह गरेको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री