शनिबार, ८ वैशाख २०८१

बाम गठबन्धनको प्राथमिकतामा के के पर्ने ? एमाले नेता नेपालले पारे खुलस्त

समयपोष्ट २०७४ पुष ५ गते ८:३२

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

Advertisement

नेकपा (एमाले) कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनमा उक्त गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको प्रतिबद्धता र समृद्ध नेपाल बनाउन राखेको दृष्टिकोणका आधारमा जनताले स्पष्ट बहुमत दिएकाले ती कार्य पूरा गर्नुपर्नेमा जोड दिए ।

उनले वाम गठबन्धनको अब अग्निपरीक्षा शुरु भए पनि वामपन्थी नेतृत्वको सरकारले बोलेका कुरा पूरा गरेर देखाउने स्थानीयवासीलाई विश्वास दिलाए । काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेपालले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याउँदै अब देशमा दण्डहीनताको अन्त्य हुने र विधिको शासन कायम गरी रोजगार सिर्जना गर्ने विषयलाई प्राथमिकता दिइने बताए ।

वाम गठबन्धनको सरकार गठन भएपछि देशमा संक्रमणकालीन समयको अन्त्य हुने र स्थानीय पूर्वाधार तथा विकास निर्माणले तीव्रता पाउनेमा पनि नेता नेपालले जोड दिए ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री