बिहीबार, १३ वैशाख २०८१

टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव पारित

समयपोष्ट २०७४ पुष ४ गते १५:४२

मेगा बैंकको विशेष साधारण सभा मंगलबार सम्पन्न भएको छ । बैंकको आजको साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकको १०० सेयर बराबर मेगा बैैंकको ९५ सेयर पाउने गरी मर्जरमा जान अनुमति प्रदान गरेको छ ।

Advertisement

सभामा मेगाका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जर सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । टुरिजमको गत मंसिर ४ गते सम्पन्न सातौ बार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ ।

यी दुई बैंकले ०७३ मााघमा मर्जरमा जाने सम्झौता गरेका थिए।  यसअघि मंसिर ४ गतेको बोलाइएको मेगाको विशेष साधारण सभामा स्वाप रेशियो बिषयमा विवाद उत्पन्न भएपछि कोरम नपुगेको भन्दै साधरणसभा स्थगित भएको थियो । त्यसयता दुवै कम्पनीको नेप्सेमा सेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री