बिहीबार, १३ वैशाख २०८१

सिद्धार्थ बैंक र  पोखरा फाइनान्सको राईट सेयर स्वीकृत

समयपोष्ट २०७४ पुष ४ गते ६:४३

सिद्धार्थ बैंक र  पोखरा फाइनान्सको राईट सेयर मंगलबार स्वीकृत  भएको छ ।  नेपाल धितोपत्र बोर्डले सिद्धार्थ को १०  र  पोखरा फाइनान्सको  १५ प्रतिशत राईट सेयर  स्वीकृत गरेको हो ।

Advertisement

धितोपत्र बोडको स्विकृतीसंगै सिद्धार्थ बैंकले चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँको १० प्रतिशत बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद जारी गर्ने अनुमति प्राप्त गरेको छ ।

 

यस्तै पोखरा फाईनान्सको एफपीओपछि कायम चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार २०० रुपैयाँको १५ प्रतिशत हकप्रद स्वीकृत भएको हो ।  फाइनान्सले ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता हकप्रद विक्री गर्न अनुमति पाएको छ ।

हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख ५६ हजार ४३० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री