बिहीबार, १३ वैशाख २०८१

माओवादी बैठक सकियो : सरकार निर्माण र पार्टी एकता सँगसँगै गर्ने निणर्य

समयपोष्ट २०७४ पुष ३ गते १०:३९

नेकपा माओवादी केन्द्रले सरकार निर्माण र पार्टी एकता  सँगसँगै हुनुपर्ने निष्कर्ष निकालेकोे छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुबै विषय एकअर्कासँग सम्बन्धित रहेको भन्दै एकैसाथ हुनुपर्ने निश्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।

Advertisement

उनले भनिन्   ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ, सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’

बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै  हाल देखिएको विवाद  राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको छ ।

बैठकले  सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ ।

चुनावपछि पार्टी एकता गर्नेगरी एमाले र माओवादी केन्द्रले  वाम गठबन्धन  बनाएर चुनावमा होमिएका थिए ।  चुनावमा साझा उम्मेदवार तय गरेका दुई पार्टी  अहिले एकीकरण  र सरकार निर्माणको तयारीमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री