बिहीबार, १५ चैत २०८०

आज माओवादी केन्द्रले पार्टी एकतावारे टुंगो लगाउला ?

समयपोष्ट २०७४ पुष ३ गते ५:३५

आज  माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक डाकेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने  बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल हुनेछ ।

Advertisement

पार्टीका प्रवक्ता पम्फा भुसालका अनुसार बैठकमा (एमाले)सँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा  नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत छलफल हुनेछ ।

वाम गठबन्धनको पक्षमा जनताले आफ्नो विश्वाससहितको मत दिएको भन्दै माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री