मंगलबार, ११ वैशाख २०८१

प्रधानमन्त्रीले सरकार काम चलाउ भईसकेको स्विकार गर्दै भने -राष्ट्रिय महत्वको कुनै पनि निर्णय गर्दिन

समयपोष्ट २०७४ मंसिर २९ गते ९:००

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भईसकेको स्विकार गर्दै राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारेका छन् ।

Advertisement

प्रधानमन्त्री देउवाले शुक्रबार विहान मधेश आन्दोलनको घटनाबारे छानवीन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै यस्तो बताएका हुन् ।

प्रतिवेदन बुझ्दै देउवाले मधेश आन्दोलनको घटनाबारे विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले मात्रै गर्ने स्पष्ट पारे ।

आयोगले प्रतिवेदनमा सहिद घोषणा गर्न बाँकी ४ जनालाई पनि तत्काल सहिद घोषणा सरकारलाई सुझाव दिएको छ ।

प्रतिवेदनमा मधेश आन्दोलनको क्रममा ६६ जनाको ज्यान गएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकी रहेको उल्लेख गरिएको छ ।

आयोगले मधेश आन्दोलनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा राखेर मधेश आन्दोलनको घटनाबारे सत्यतथ्य छानवीन गरेको हो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधिश लालको अध्यक्षता गठित ७ सदस्यीय छानवीन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा मधेश आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख गरिएको छ ।

आयोगका अध्यक्ष लालले प्रतिवदेनमा मधेश आन्दोलनको कारण र समाधान गर्ने उपायको खोजी समेत गरिएको दावी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री