शुक्रबार, १४ वैशाख २०८१

एसबिआई बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

समयपोष्ट २०७४ मंसिर २८ गते ६:०७

नेपाल एसबिआई बैंक  र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षीत गर्ने आज अन्तिम मिती हो । बैंकले चौबिसौँ वार्षिक साधारण सभाका लागि  मंसिर २९ गतेदेखि पुस १९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले विहीबारसम्म कायम सेयरधनी मात्र बोनस पाउनेछन् ।

Advertisement

बैंकको  पुस १९ गतेको  साधारण सभामा गरिएकाे विशेष प्रस्तावहरूमा १५.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने तथा बोनस सेयर र कर प्रयोजनको लागि ०.८१५ नगद लाभांश वितरण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै  इन्स्योरेन्सले  पुस १४ गते १३ औं बार्षिक साधारण सभा बोलाएको हुँदा शुक्रबारदेखि बुकक्लोज गर्दैछ ।

इन्स्योरेन्सले  साधारण सभाबाट १० करोड रुपैयाँ बराबरको बोनस अर्थात चुक्ता पूँजीको १२.८२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६७ प्रतिशत नगद लाभांश पारित गर्देछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री