बिहीबार, १३ वैशाख २०८१

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा, यस्तो आयो अहिलेसम्मको समानूपातिक मतपरिणाम

समयपोष्ट २०७४ मंसिर २६ गते १३:०५

मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । मंगलबार साँझ ५ बजेसम्म प्राप्त विवरणअनुुसार प्रतिनिधिसभा सदस्यमा ५ महिलासहित १ सय ६० जना र प्रदेशसभा सदस्यतर्फ ३ सय २६ जना  प्रतिनिधिहरु निर्वाचित भएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आयोगका अनुसार अब ४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

Advertisement

आयोग प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिअनुसार हालसम्म नेकपा एमालेले ७७, नेकपा माओवादी केन्द्रले ३५, नेपाली कांग्रेसले २२, राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० स्थानमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ जित हासिल गरेका छन् । त्यस्तै नयाँ शक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रले एक–एक स्थानमा जित हासिल गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको  आयोगले जनाएको छ  ।  समानूपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १४ लाख ३५ हजार ५ सय ७३ मत, नेपाली काँग्रेसले १३ लाख ४८ हजार ७ सय १२, नेकपा माओवादी केन्द्रले ५ लाख ६९ हजार ६ सय ५५, संघीय समाजवादी फोरम,नेपालले १ लाख २८ हजार ९ सय ९० मत प्राप्त गरेका छन्  ।

त्यस्तै , राष्ट्रिय जनता पार्टी ८८ हजार १ सय ७७, विवेकशील साझा पार्टीले ८५ हजार ९ सय ९५, राष्ट्रिय जनता पार्टी नेपाल ८२ हजार ४ सय २४, नयाँ शक्ति पार्टी, नेपालले ४५ हजार ७ सय १५, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले २९ हजार ८ सय २०, राष्ट्रिय जनमोर्चाले २९ हजार ५ सय ९६ र अन्य दलले १ लाख २० हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री