शनिबार, १५ वैशाख २०८१

वर्दिया १ मा एमालेका बरिष्ट उपाध्यक्ष वामदेव गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित

समयपोष्ट २०७४ मंसिर २४ गते ११:२४

नेकपा एमालेका बरिष्ट उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । वर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् ।  ७५३ मतको अन्तरले उनी पराजित भएका हुन् ।

Advertisement

सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याए विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री