बिहीबार, २० वैशाख २०८१

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार किसान श्रेष्ठसँग पराजित  

समयपोष्ट २०७४ मंसिर २४ गते १०:०९

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वाम गठबन्धनका एमाले उम्मेदवार किसान श्रेष्ठसँग पराजित  भएका छन् ।

Advertisement

प्रतिनिधिसभा सदस्य पदमा  ६ हजार ८१४ मतान्तरले पौडेल श्रेष्ठसँग पराजित  भएका हुन् ।

किसानले ३४ हजार ४८९  मत ल्याउँदै विजयी हासिल गरेका हुन् भने पराजित रामचन्द्रले २७ हजार ६७५ मत प्राप्त गरे ।

किसानले २०७० मा पौडेलसँग हारेको बदल पनि लिन सफल भएका छन् । यसैबीच २०४८ देखि निरन्तर तनहुँबाट जित्दै आएका पौडेलको अपराजित यात्रामा यो चुनावबाट ब्रेक लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री