शुक्रबार, ७ वैशाख २०८१

बिराट र अनुष्काको विवाहमा सलमानलार्इ नो इन्ट्री

समयपोष्ट २०७४ मंसिर २४ गते ८:०२

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले यसै महिना विवाह गर्ने चर्चा छ । विगत ४ वर्षदेखि डेट गरिरहेका यि जोडीले १२ डिसेम्बरमा इटालीमा विवाह गर्ने अनुमान गरिएको छ । यद्यपि, अनुष्का र बिराट दुवैले बिहेको औपचारिक पुष्टि भने  गरेका छैनन् ।

Advertisement

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरुले विवाहमा नजिकका मित्र ,आफन्त र केही छिमेकीलाई मात्र आमन्त्रीत गरेका छन् । बिराटले सचिन तेन्दुलकर, युवराज सिंह र बाल्यकालका कोच राजकुमार शर्मालाई निम्ता गरिएको बताईएको छ । त्यसैगरी अभिनेत्री अनुष्काले बलिउडका सिमित साथीहरुलाई मात्र बोलाएकी छिन् । उनको निमन्त्रणा सुचीमा शाहरुख खान, आमिर खान, आदित्य चोपडा, करण जौहर, रणवीर कपूर, कट्रिना कैफ र मनीष शर्मालाई बोलाएकी छन् । तर सुपरस्टार सलमान खानलाई भने अनुष्काले बोलाएकी छैनन् ।

अहिले बिराट र अनुष्का दुवैले आआफ्नो कामबाट छुट्टी लिएका छन् र उनीहरु परिवारसहित इटालीतिर लागेका छन् । बिहिबार अनुष्का आफ्नो परिवारका साथ स्विस एयरवेजको फ्लाइटमा र बिराट दिल्लीबाट उडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री