बिहीबार, ६ वैशाख २०८१

इलाम एमाले कब्जामा, १ बाट झलनाथ खनाल र २ बाट सुभासचन्द्र नेम्वाङ विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते १:५५

एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । खनाल ३६ हजार ८ सय ७ मत प्राप्त गरेर संसदमा ५ औं पटक विजयी बनेका हुन् ।

Advertisement

खनालका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् 

 इलाम क्षेत्र नम्बर २ बाट पूर्व सभामुख सुभासचन्द्र नेम्वाङ विजयी भएका छन् । नेम्वाङले ३६ हजार ५१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका केशव थापाले २६ हजार ८६० मत मात्र पाएका छन् । इलामको क्षेत्र नं. १ प्रदेश ‘ख’ तर्फ एमालेका काजिमान कागते विजयी भएका छन् । उनले १७ हजार ८ सय ९६ मत प्राप्त गर्दा कांग्रेसका दुर्गा बरालले १० हजार ३१ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री