शनिबार, १५ वैशाख २०८१

झापामा ओली दोब्बर मतले अगाडि, कार्की र लिङदेन मत हेर्नुहोस्

समयपोष्ट २०७४ मंसिर २३ गते १०:३९

झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रता लिइरहेको छ । पछिल्लो परिणामअनुसार झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त गरेका छन् ।

Advertisement

निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार पवित्रा निरौला (खरेल) ले १५ हजार ८०४ तथा नेकाका उद्धव थापाले १२ हजार १६६ मत प्राप्त गरे ।

क्षेत्र नं ३ मा वाम गठबन्धनका राप्रपा महामन्त्री राजेन्द्रकुमार लिङदेनले १५ हजार हजार ६९० तथा नेकाका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ११ हजार ४८ मत पाएका छन् ।

यसैगरी, क्षेत्र नं ४ मा वाम गठबन्धनका एल पी सावाले २१ हजार ४४० र नेकाका देउमान थेवेले १३ हजार ६४९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १७ हजार ५४ र नेकाका डा खगेन्द्र अधिकारीले सात हजार हजार ७६३ मत प्राप्त गरेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री