शनिबार, १५ वैशाख २०८१

प्रदेशसभा  हुम्ला ‘क’ र  जुम्ला ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार विजयी

समयपोष्ट २०७४ मंसिर २२ गते ११:२०

हुम्ला जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी भएका छन । 

Advertisement

उनका  निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ख को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए। 
यस्तै जुम्ला प्रदेश क्षेत्र नं ख मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भएका छन । 
नेकपा एमाले बाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याए । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री