शुक्रबार, १४ वैशाख २०८१

सुदूरपश्चिममा भूकम्प ,स्थानीय घर भित्र बस्न डराए

समयपोष्ट २०७४ मंसिर २१ गते ३:१८

सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राती करिब ९ बजेर ६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । 

Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । भारतको उत्तराखण्ड अर्थात् नेपालको सीमा क्षेत्र भन्दा १ सय ८० किलोमिटर पर उत्तर पश्चिममा केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भू्कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

करिब ५ सकेन्डसम्म भुकम्पले जमिन हलाएको थियो भने स्थानीयहरु घर बाहिर निस्किएका थिए । भूगर्भ विभागका अनुसार सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री