शुक्रबार, १६ चैत २०८०

आज ४५ जिल्लामा मतदान सुरु, विहानैदेखि मतदाता लाईनमा

समयपोष्ट २०७४ मंसिर २१ गते २:३६

दोस्रो चरणअन्गर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सुरु भएको छ । बिहीबार विहान ७ बजेदेखि ४५ जिल्लामा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको हो ।  मतदान प्रक्रिया  बेलुकी ५ बजेसम्म जारी रहने छ ।

Advertisement

चिसोको प्रवाह नगरी मतदान गर्न विहानैदेखि मतदाता लाईनमा बसिरहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ। 

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा छन् । आज इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री