बिहीबार, १३ वैशाख २०८१

उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

समयपोष्ट २०७४ मंसिर १८ गते ३:१८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । 
अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । 

Advertisement

युद्धको सभ्वाना बढ्यो :
उत्तर कोरियासंग युद्धको सम्भावना निदहुँ बढेको उनले बताए । 
उत्तर कोरियासंग सम्भाब्य युद्ध सैन्य द्धन्द्ध मात्र यसको समाधान होईन उनले भने । दुई महिनाको अन्तरमा उत्रर कोरियाले दोस्रोपटक अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि ट्रम्पका सुरक्षा सल्लाहकारको टिप्पणी आएको हो । 


तलेमा प्रतिबन्ध लगाउः 
ट्रम्पका सुरक्षा सलाहकार म्याकमास्टरले उत्तर कोरियामाथि तेलमा पुर्ण रुपमा प्रतिबन्ध लगाउन चीनलाई आग्रह गर् । उत्तर कोरियाले आयात गर्ने ईन्धनमध्ये ७० प्रतिशतभन्दा बढी कच्चा तेल बेईजिङबाट आपुर्ति हुन्छ । नतेलमा प्रतिबन्ध लगाएमा उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षणमा समस्या हुने उनको धारणा थियो । 

अमेरिकी तटीय क्षेत्रमा थप सुरक्षाः 
अमेरिकाले पश्चिम तटीय क्षेत्रमा थप सुरक्षा बल परिचालन गर्ने भएको छ । 
उत्रर कोरियाले आफुले प्रहार गरेका क्षेप्यास्त्र सम्पुर्ण अमेरिकी भुमिमा पुग्न सक्ने दावी गरिरहेकै बेला अमेरिकी रक्षा मन्त्रालयले तटीय सुरक्षाका लागि थप सुरक्षाफौज गर्ने भएको हो । 

वासिङ्टन सिउल सैन्य अभ्यास रोक :
अमेरिका र दक्षिण कोरियाले युद्धोत्तेजिक कार्य गरेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न उत्तर कोरियाले माग गरेको छ । 
वासिङ्टन सिउलबीचको वार्षिक संयुक्त सैनिक अभ्यासको पुर्वसन्ध्यामा उत्तर कोरियाले सो माग गरेको हो । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री