
कन्चनपुरमा आफ्नै बाबुले ३ वर्षीय छोरीको बलात्कारपछि हत्या गरेका छन् । कन्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा सौतेलो बावु ३० वर्षीय इन्द्र चुनाराले बालिकाको बलात्कारपछि हत्या गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
इन्द्रले बालिकाकी आमा ललिता चुनारा दाउरा खोज्न जंगल गएको मौका छोपी ३ वर्षीय बालिकामाथि बलात्कार गरेका थिए । ललिता घरमा फर्किदा छोरी अचेत अवस्थामा भेटिएकी थिइन् ।
श्रीमानले नै छोरीलाई बलात्कार गरेर मारेको आफूले प्रत्यक्ष देखेको ललिताले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन् । बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् ।
प्रहरीका अनुसार अचेत अवस्थामा भेटिएकी बालिकालाई महाकाली अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनामा संलग्न चुनारालाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
“बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ ।” अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।










प्रतिक्रिया