भारतद्धारा नेपालका ११ वटा साँस्कृतिक सम्पदा पुनर्निर्माणका लागि इनट्याक परिचालन

काठमाडौं स्थित भारतीय राजदूतावासले नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्पपश्चातको पुनर्निर्माणका लागि इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इनट्याक)सँग सम्झौता गरेको छ ।

Advertisement

सम्झौतापत्रमा बिहीबार भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमार तथा इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इनट्याक) का सदस्य सचिव डा. सि. टी मिश्राले हस्ताक्षर गरका छन् ।

उक्त कार्यक्रममान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीको समेत उपस्थिती रहेको थियो ।

इनट्याकले काठमाडौं ,ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने छ ।

Advertisement

साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि इनट्याकले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ ।

भारत भर १९० भन्दा बढी शाखाहरु रहेको इनट्याक विश्वको सबैभन्दा ठूलो साँस्कृतिक सङ्घठनहरु मध्येकोे एक हो । सन् २००७मा संयुक्तराष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि इनट्याकलाई विशेष परामर्शदात्रीको रुपमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री