जब निः सन्तान काकीलाई दिन महिला स्वास्थ्यकर्मीले बच्चा चोरीन्…

पाकिस्तानकी एक स्वास्थ्यकर्मीले आफ्नी निःसन्तान काकीलाई दिनका लागि बच्चा चोरी गरेकी छिन् । बलोचिस्तानस्थित एक अस्पतालबाट ती बालिकालाई जन्मेको केही क्षणमा नै चोरिएको थियो ।

Advertisement

तर परिवारलाई सुरुमा ती बालिका हराएको भन्नेबारे केही थाहा थिएन किनभने कसैले पनि ती आमाले जुम्ल्याहा सन्तान जन्माएको भन्ने जानकारी दिएका थिएनन् । बालिकाकी आमा होशमा आएपछि ‘अर्की छोरी खोइ त ?’ भनेर सोधेपछि यसबारे थाहा भएको उनका जेठाजुले बीबीसीलाई जानकारी दिए ।

अब्दुल हमिदले आमा बन्न लागेकी जामिला बीबीलाई गत बुधबार अस्पताल पुर्‍याएको पुलिसले जानकारी दिएका छन् ।

अब्दुलले पुलिसलाई दिएको जानकारी अनुसार जामिला सुत्केरी भएपछि एक बालिका हातमा थमाउँदै बिरामीको अवस्था सामान्य रहेकोले उनलाई घर लैजान भनिएको थियो ।

यद्यपि, जामिला त्यसको दुई दिनसम्म अर्ध बेहोस् अवस्थामा थिइन् । दुई दिनभित्रै उनीहरुले जुन बालिका घर ल्याएका थिए, उनको मृत्यु भयो ।

Advertisement

जब उनी होशमा आइन् तब ती नयाँ आमाले यस्तो कुरा खोलिन् जसले पूरा परिवारलाई नै स्तब्ध तुल्यायो ।

‘जब शुक्रबार जामिलाको पूर्ण होश आयो तब उनले ‘अर्की छोरी खोइ त’ भनेर सोधिन् । हामी चकित पर्‍यौं,’ अब्दुल हमिदले बीबीसीलाई भने ।

‘अब्दुल हमिदले पुलिसमा ऊजुरी दिएपछि हामीले त्यसदिन सुत्केरी गराउने कक्षमा खटेकी महिला स्वास्थ्यकर्मीलाई पक्राउ गर्‍यौं । र उनले हामीलाई सिधै बच्चा भएको स्थानमा पुर्‍याइदिएन्,’ पुलिस अधिकारी जाहाङ्गीर शाहले भने ।

‘उनलाई बच्चालाई अस्पतालबाट बाहिर निकाल्न अन्य दुई साथीले सहयोग गरेका थिए । उनले ती बालिका आफ्नी काकीलाई दिइन् जसको विवाह भएको १७ वर्ष भइसकेको थियो तर सन्तान भने थिएनन् । ती नर्सले हामीलाई उनकी काकीले निकै अघिदेखि धर्मसन्तान पाल्न इच्छुक भएको बताइन् ।’

पुलिसले सबै चार महिलालाई पक्राउ गरेको छ र बच्चालाई आफ्नो घर फिर्ता गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री