मंगलबार, २५ वैशाख २०८१

अक्षयले भारतीय पासपोर्टको लागि आवेदन दिदैँ भने- १४ वटा फिल्म फ्लप भएपछि क्यानडाको तयारी गरे

समयपोष्ट २०७६ मंसिर २२ गते १६:५०

Advertisement

बलिउड अभिनेता अक्षय कुमारले भारतीय पासपोर्टको लागि आवेदन दिएका छन् ।

सर्वत्र विरोधपछि उनले क्यानेडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि आवेदन दिएका हुन् ।

उनले शुक्रबार हिन्दुस्तान टाइम्सको एक कार्यक्रमकाबीच बोल्दै कसैले राष्ट्रियतामाथि प्रश्न उठाउँदा निकै पीडा हुने भन्दै भने, ‘मैले भारतीय पासपोर्टको लागि निवेदन दिएको छु । म भारतीय भइकन पनि अरुलाई भारतीय हुँ भनेर प्रमाणित गर्नुपर्दा निकै दुख लाग्छ । मेरी श्रीमती, मेरा छोराछोरी भारतीय हुन् । म कर पनि यही तिर्छु र मेरो जिन्दगी पनि यहीको हो ।’

अक्षयसँग क्यानडाको नागरिकता छ । यसैकारण उनीमाथि थुप्रै टिकाटिप्पणी हुने गर्छ । उनले क्यानडाको नागरिकता पाउनुको कारण बताउँदै भने,‘ एक समय थियो । जब एक पटक मेरो १४ वटा फिल्म फ्लप भएको थियो । त्यसपछि मलाई के गरुँ ? भन्ने लाग्यो । त्यसपछि मेरो नजिकको साथीले क्यानडा आएर काम गर्न सल्लाह दियो । त्यसपछि मैले क्यानडाको पासपोर्टको लागि तयारी सुरु गरेँ । तर मेरो १५ औँ फिल्म सफल भयो ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री