बिहीबार, २० वैशाख २०८१

एचआईभी एड्सले लियो १३ सयको ज्यान

सिन्ह्वा २०७६ मंसिर १५ गते १८:२२

Advertisement

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिनुभयो ।

विश्व एड्स दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ८८० जना नयाँ एचआईभी संक्रमित थपिएको बताउनुभयो ।

Advertisement

नयाँ थपिने विरामीको संख्या पनि अहिले ६२ प्रतिशतभन्दा कम भएको तथ्याङ्कले देखाएको छ ।

“एचआईभी एड्स नियन्त्रणका लागि पछिल्लो दशक हामी निरन्तर सुधार गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा ७३ हजार मानिस एचआईभी एड्ससहित बाँचेका छन् ।

कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका आवासीय दूत पौलिन तामेसिसले एचआईभी नियन्त्रणको प्रयासबाट सकारात्मक नतिजा आएपनि पूर्ण सन्तुष्ट हुने अवस्था भने नरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री