नेकपा कम्युनिष्ट पार्टीको बैठक भोलि

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।

आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले भोलिसम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठक मङ्गलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

Advertisement

आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा उल्लेख थियो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री