सशस्त्र प्रहरी जवानले महिलालाई बाटैमा पारे लछारपछार, हेर्नुहोस् दादागिरी (भिडियाेसहित)

सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछार–पछार गरेका थिए । भिडियोमा सशस्त्र प्रहरी जवानले महिलाहरुलाई दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ ।

घटनाको भिडियो सार्वजनिक भएपछि सबैतिर आलोचना भएको छ । राजपा नेपालका महासचिव राजेशमान सिंहले सशस्त्र प्रहरीले निकृष्ट र अमानवीय कार्य गरेको भन्दै गृहमन्त्रीसँग कारवाहीको माग गरेका छन् ।

Advertisement

उनले भनेका छन्, ‘वर्दीको आडमा सर्वसाधारण महिलामाथि यसरी लछार-पछार पारेर निकृष्ट कार्य गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ । नेपालको संविधान २०७२ को मौलिक हकले हरेक नागरीकलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ । तर संविधान र कानुनका रक्षक भनिएकाहरू बाटै नागरीक असुरक्षित हुनुले संवैधानिक राज्यकै खिल्ली उडाएको छ ।
घटनाको यथाशिघ्र छानविन गरि दोषीलाई कारवाही नगरिए राजपा नेपाल,पर्सा सशक्त बिरोधमा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’

सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले सशस्त्र प्रहरीबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले संलग्न जवानमाथि कारबाही सुरु भएको बताए ।

https://www.facebook.com/100005280018089/videos/946372332215425/

प्रतिक्रिया

सम्बन्धित सामाग्री