शुक्रबार, ४ जेठ २०८१

सेक्स गर्दा चरमसुख प्राप्त गर्ने चार तरिका सिडक्सनदेखि रिफलेक्सनसम्म

समयपोष्ट २०७५ कार्तिक २७ गते १०:३५

सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । सेक्स विशेषज्ञका सल्लाह छ कि यदि तपाईं यौन सम्पर्कमा चरम सन्तुष्टि (अर्गाज्म) हासिल गर्न चाहनुहुन्छ भने यी चार तरिकाको अवलम्बन गर्नुपर्छ ।

Advertisement

सिडक्सन

सेक्समा आनन्द पाउनका लागि तपाईको पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ ।

सेनसेशन

Advertisement

यौन क्रियाका आनन्द लिनका लागि दुवै पार्टनरका इन्दि्रयहरु सेक्स मै केन्द्रीत हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजनाअनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । यसले सेक्स क्रियामा गति ल्याउँदछ, उत्तेजना बढ्दै बढ्दैं चरमसुखमा पुग्दछ ।

समर्पण

जब तपाईको पार्टनर सहमति र समर्पण आवश्यक ठान्छ, त्यतिबेला उसका सामु आफूलाई पूर्ण रुपमा समर्पण गर्न सक्नुपर्दछ । यदि दुवै जना यौनक्रियालाई महत्व दिदैंन भने उनीहरुले चरमसुख प्राप्त गर्न सक्दैंनन् । यसका लागि यौन क्रियाका बेला विस्तारै फरक फरक आसन रहेर सेक्स क्रिया अगाडि बढाउनुपर्दछ । जब एक ड्राइभर हुन्छ, त्यतिबेला दोस्रो केवल दर्शक भएर उसमा समर्पित हुनु जरुरी हुन्छ ।

रिफलेक्सन

यौन क्रियाको समयमा यो जरुरी छ कि आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग बाड्नुपर्दछ । उदाहरणका लागि एकले अर्कोलाई उसलाई कहिले रमाइलो र आनन्द लागिररहेको छ कहिले अप्ठ्यारो लागिरहेको छ । कतिबेला सेक्सको रफ्तार बढाउने इच्छा लागिरहेको छ यस्तै-यस्तै । यसले दुवैलाई असिम आनन्द प्राप्त हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री