शुक्रबार, ४ जेठ २०८१

दीपिका-रणबीर विवाह : कार्ड नआउँने पक्का तर इन्भिटेसनको प्रतिक्षमा छिन् कट्रिना

समयपोष्ट २०७५ कार्तिक २७ गते ९:२८

दीपिका पादुकोण र रणबीर सिंहको विवाहबारे कफी विद करणमा करण जोहरले कट्रिना कैफसँग कुरा गरेका छन् ।

Advertisement

यो च्याट शोमा कट्रिनाले आफू विवाहको कार्डको प्रतिक्षा गरिरहेको र उनीहरुको विवाहमा निकै उत्साहित भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘तर मलाई थाहा छ विवाहको कार्ड मैले पाउने छैन ।’

स्मरण रहोस्, कट्रिना दीपिकाका पूर्व प्रेमी रणबीर कपुरकी पूर्व प्रेमिका हुन् । यसै कारण यी दुईबीच राम्रो सम्बन्ध नभएको बताइन्छ ।

रणबीर सिंह र दीपिका पादुकोण इटालीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह गर्नेछन् । खबरलाई विश्वास गर्ने हो भने यो रोयल विवाहमा दीपिका रणबीरको परिवार र नजिकका आफन्त मात्रै इटाली पुग्नेछन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री