‘भिसा नभएका विदेशीलाई टिकट दिने कम्पनीलाई कारबाही’

अध्यागमन विभागले प्रवेशाज्ञा भिसा र आगमन छाप आईरभल नभएका विदेशीलाई हवाई टिकट दिने आन्तरिक वायु सेवा कम्पनीहरुलाई कारवाही गर्ने भएको छ ।

नेपालका कतिपय निजी कम्पनीले भिसा नभएका विदेशी नागरिकलाई समेत जथाभावी टिकट दिने गरेका छन् ।

Advertisement

विभागले जथाभावी टिकट दिने गरेका छन् । विभागले आईन्दा त्यस्तो दोहोरिए कडा कारबाही गर्ने चेतावनी वायुसेवा कम्पनीहरुलाई दिएको छ ।

भिसाबिना नेपाल छिर्ने विदेशीलाई समेत कडा कारवाही गर्ने तयारी विभागले गरेको जनाएको छ ।

अध्यागमन विभागले नेपालको भिसा र आगमन छाप नभएका विदेशीलाई हवाई टिकट नदिन आइतबार पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री