मंगलबार, १८ वैशाख २०८१

सार्वजनिक स्थलमा जब यौन दुब्र्यवहार भयो कसैले थप्पड लगाए, कोही रोए

समयपोष्ट २०७५ कार्तिक १९ गते ११:२४

करिना कपुर खान

Advertisement

२०१३ मा एक इभेन्टको दौरानमा करिनालाई पब्लिकले जिस्क्याएका थिए । इभेन्टमा सहभागी भएर जब करिना कार्यक्रम स्थलबाट बाहिर निस्किँदै थिइन्, सो समय उनीमाथि सर्वसाधारणले दुर्व्यवहारसमेत गरेका थिए । उनका अनुसार त्यतिबेला उनलाई निकै डर लागेको थियो ।

तापसी पन्नु

तापसीले एक इभेन्टमा भनेकी थिइन्, ‘दिल्लीमा मलाई अक्सर जिस्क्याउने गरिन्छ ।’ सोही क्रममा उनले आफूलाई पब्लिकले गलत तरिकाले छुने र जिस्क्याउने गरेकोसमेत खुलासा गरिन् ।

कट्रिना कैफ

एक समय कट्रिना साउथ कोलकाताको एक दुर्गा पूजाको उत्सवमा सहभागी भएकी थिइन् । पूजा सकिएपछि त्यहाँका केही व्यक्तिले उनीमाथि दुव्र्यवहार गरेका थिए ।

सोनाक्षी सिंहा

एक इभेन्टमा सहभागी हुँदा सोनाक्षीलाई भीडमा सहभागी मानिसमध्ये केहीले भद्दा कमेन्ट गरेका थिए । सो समय उनलाई जबजस्र्ती छुने कोसिससमेत गरिएको थियो । त्यतिबेला सोनाक्षी रोएकीसमेत थिइन् ।

सोनम कपुर

सोनम आफ्नो चलचित्र रांक्षणाको प्रमोसनमा जाँदा उनीमाथि सर्वसाधारणले अभद्र व्यवहार देखाएका थिए । त्यतिबेला फिल्मका नायक धनुसले उनको मद्दत गरेका थिए ।

गौहर खान

गौहर टिभी रियालटी सो ‘इन्डियाज रकस्टार’ को सुटिङ गर्दै थिइन् । सो समय उनलाई मोहम्मद अकिल नामका एक व्यक्तिले थप्पड हानेका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री