मंगलबार, १८ वैशाख २०८१

मी टु: नायिका रेखा थापाले पत्रकार धमलामाथि लगाईन् यस्तो आरोप

समयपोष्ट २०७५ कार्तिक १९ गते ६:०४

पत्रकार ऋषी धमलामाथि ‘मी टु’को आरोप लगाउने चेतावनी आएको छ । धमलामाथि नेपाली चलचित्रकी एक जना नायिकाले ‘मी टु’को आरोप लगाउने चेतावनी दिएकी हुन् । धमलामाथि एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै नायिका रेखा थापाले उनीमाथि ‘मी टु’को आरोप लगाउने चेतावनी दिएकी हुन् ।

Advertisement

‘विगतका कुरा कोट्याउँदा मानसिक असर पर्न सक्छ,’ धमलासँगको अन्र्तवार्तामा नायिका थापाले भनिन्, ‘म एउटा परिपक्व महिला हुँ, कहिले विवाह गर्छु त्यो मेरो कुरा भयो, यो तपाइँले सोध्न मिल्दैन ।’

अन्तर्वार्ताक्रममा ऋषिले रेखा थापासँग उनको पहिलो विवाह र उनको विवाहको कुरा कोट्याएपछि रेखा थापाले अन्तर्वार्तामा ‘मीटु’ अभियानमा जाने चेतावनी दिएकी हुन् । रेखाको चेतावनी सुनिरहेका धमला भने मुसुमुसु हाँसिरहेका थिए ।

आफ्नो चलचित्र मालिकाको प्रचारका लागि टेलिभिजनमा अन्र्तवार्ता दिन पुगेकी नायिका थापाले आफू हिंसाको शिकार भएको भन्दै यस्तो चेतावनी दिएकी हुन् । धमलासँग रुष्ट बनेकी थापाले आफ्नो चलचित्र हर्न अनुरोध गर्न भने भुलिनन् । उनले आफ्नो चलचित्र उत्कृष्ट रहेको भन्दै चलचित्र हलमा गएर हेर्न अनुरोध गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री