एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा इफाइभ एसयूभी

ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सको अभिभावक कम्पनी शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा इफाइभ डिलक्सले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजक हो । ओमोडा इफाइभ आकर्षक डिजाइन र अत्याधुनिक विशेषताहरूसहित पूर्ण रूपमा विद्युतीय गाडी हो जुन उत्कृष्ट खेल-प्रदर्शनको लागि सम्मान तथा हौसलास्वरूप प्रदान गरिनेछ ।
ओमोडा एन्ड जेइको, नेपाल प्रिमियर लिग, र नेपाल क्रिकेट संघबिच मङ्सिर ११ गते सम्पन्न प्रायोजनको लागि एमओयू हस्ताक्षर कार्यक्रममा शारडा ग्रुपले उक्त पुरस्कार दिने घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपीएलका सदस्यहरू, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रह्यो ।



























प्रतिक्रिया