ओरिएण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क बढ्यो

ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आवको सोही अवधिमा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको हो ।
समीक्षा वर्षमा कम्पनीले ३७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४५.९३ प्रतिशतले बढेको छ।
कम्पनीको खुद नाफा २४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ। गत आवको यसै अवधिमा कम्पनीको नाफा १ करोड ४९ लाख रुपैयाँ धनात्मक थियो।
कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ३७ करोड ५८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनी अन्य इक्विटीमा ८० करोड ६१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड २७ लाख रुपैयाँ रहेको छ।




























प्रतिक्रिया