टोपबहादुर रायमाझीको पाँच जिल्ला अलग गराउने विषयमा कुनै विमति छैन : मातृका यादव
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य मातृका यादवले टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेशबाट पाँच जिल्ला अलग गराउने विषयमा कुनै पनि विमति नराखेको दाबी गरेका छन् ।
आइतबार बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कुरागर्दै नेता यादवले पाँच नम्बर प्रदेशबाट पाँच जिल्ला अलग गराउने विषयमा पार्टी बैठकहरूमा कुनै पनि प्रकारको आपत्ति प्रकट नगरेको दाबी गरेका हुन् ।
कार्यक्रममा कुरागर्दै नेता यादवले भने,‘सार्वजनिक रुपमा के बोल्नुभयो हामीलाई सरोकारको विषय होइन, तर आधिकारिक कुरा राख्ने ठाउँ पार्टी बैठकमा पाँच नम्बर प्रदेशबाट अर्घखाँची, पाल्पा र गुल्मीलाई हटाउने विषयमा कुनै पनि कुराको बिरोध गर्नुभएको छैन।’
कार्यकर्तामाझ राजनीति गर्नका लागि नेता रायमाझीले पाँच नम्बर प्रदेशबाट अर्घखाँची सहितका जिल्लालाई अलग गराउन पाइदैन भनेको भन्दै नेता यादवले सीमाङ्कनको कुरा मिलाउने क्रममा माओवादी केन्द्रभित्र कुनै पनि प्रकारको मतभेद नभएको बताए ।
प्रतिक्रिया