शुक्रबार, ७ वैशाख २०८१

विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने

समयपोष्ट २०७३ मंसिर १२ गते ६:०१

विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ । 

Advertisement

अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात मार्च ११ र १३ मा खेलाउने प्रस्ताव गरेको हो । यसको विकल्पमा चैत ५ र ७ गते अर्थात मार्च १८ र २० पनि प्रस्ताव दुबै देशलाई गरिएको छ ।

क्रिकइन्फोले पनि आफ्नो खेल तालिकामा नेपाल र केन्याबीचको खेल मार्च ११ र १३ मा हुने उल्लेख गरेको छ ।

तर, आईसीसीले औपचारिक घोषणा गर्न भने बाँकी छ ।  स्थान पनि  तय भइसकेको छैन । 

खेल नेपालमा गर्ने हो भने नामिबियासँगको खेलमा जस्तै आईसीसी आफैंले व्यवस्थापन गर्नु पर्ने हुन्छ । खेल नेपालमा नै आयोजना गराउन पहल भइरहेको बताइएको छ ।

चौथो चरणको खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । र, शीर्ष चारमा परेर विश्वकप छनौट खेल्ने सम्भावना जिवितै राख्न अबका खेलहरु जित्नै पर्ने दबाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री