शुक्रबार, ४ जेठ २०८१

चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड-२०२३ मा आइ.एम.ई. लाइफ सम्मानित

समयपोष्ट २०८० मंसिर ८ गते १०:१९

Advertisement

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड-२०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रनर अपको रुपमा सम्मानित भएको छ।

बिहीबार इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित कार्यक्रममा आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरे ।

कम्पनीलाई विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था इण्डियन इष्टिच्युट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।

Advertisement

उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री