आइतबार, १७ मंसिर २०८०

भारतद्धारा अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको राहत सामाग्री हस्तान्तरण

समयपोष्ट २०८० मंसिर ५ गते २०:०४

Advertisement

भारत सरकारले जाजरकोट भुकम्पपीडितको सहयोगार्थ चौथो चरणको सामाग्री हस्तान्तरण गरेको छ ।

भारतले सोमबार अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको हो ।

यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री