कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त
समयपोष्ट
२०८० मंसिर २ गते १०:२०
कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन्।
शुक्रबार बसेको संचालक समितिको बैठकले खनाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
कुमारी र एनसीसी बैंक गाभिनुअघि खनाल कुमारी बैंकको सीइओ थिए ।
कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपछि उनी बैंकको डेपुटी सीइओ थिए ।
खनाल चार्टर्ड अकाउण्टेण्ट समेत हुन् ।
प्रतिक्रिया