धितोपत्र बोर्डले वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारवाही गर्ने
समयपोष्ट
२०८० कार्तिक २३ गते १०:२३
नेपाल धितोपत्र बोर्डले आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीलाई कारवाही गर्ने भएको छ ।
बोर्डको बुधबारको संचालक समितिको बैठकले विवरण नबुझाउने कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको हो ।
बोर्डले ति कम्पनीहरुलाई स्पष्टिकरण सोध्ने समेत निर्णय गरेको छ ।
प्रतिक्रिया