बुधबार, ३२ असार २०८२

नेपालमा पहिलोपटक एसियाली बैंकर्स एसोसिएसनको सम्मेलन हुँदै, २५ भन्दा बढी मुलुकका ६० बैंकका बैंकर सहभागी हुने

समयपोष्ट २०८० कार्तिक २२ गते १४:४८

Advertisement

एसियाली बैंकर्स एसोसिएसन(एबीए) को ३९ औं वार्षिक सम्मेलन भोलिदेखि काठमाडौंमा हुँदै छ।

नेपाल बैंकर्स संघ(एनबीए)को पहलमा एबीएको सम्मेलन पहिलोपटक नेपालमा हुन लागेको सम्मेलनमा २५ भन्दा बढी मुलुकका ६० बैंकका बैंकर सहभागी हुनेछन्।

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा एबीएका अध्यक्ष यूजीन एस एसेभेडो, एसियाली विकास बैंकका निर्देशक अब्दुल अबियाद, फाइनान्सियल होल्डिङ कम्पनीका पूर्वअध्यक्ष र सीईओ डेनियल वू, ह्याटन नेसनल बैंकका कार्यकारी निर्देशक तथा प्रमुख अपरेटिङ अफिसर दिलशान रोड्रिगो,सिंगापुरको यूरेसिफिक स्ट्राटेटिजका सीईओ राफेल गोउ, बैंक अफ भुटानका सीईओ दोर्जी काडिन, यूकेको एबे नेसनलका पूर्वसीईओ जोन बेरी र अर्स्टे ग्रुप बैंक एजीका कार्यकारी निर्देशक पॉल बोस्बाच र इन्टरनेसनल कम्प्लायन्स एसोसिएसन (आईसीए)का अध्यक्ष पेक्का डारेलगायत विभिन्न २० भन्दा बढी मुलुकका वक्ताले वक्तव्य दिनेछन्।

Advertisement

सम्मेलनमा बैंकिङ र वित्तीय क्षेत्रका समस्याबारे सम्मेलनमा छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री