हिमालयन रि–इन्स्योरेन्सको आईपीओ निष्काशन मिति परिवर्तन
हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशनको मिति परिवर्तन गरेको छ ।
कार्तिक २१ गतेदेखि पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको कम्पनीले अब तिहारपछि मात्र आईपीओ निष्काशन गर्ने भएको हो ।
यससंगै अब कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई मङ्सिर ४ देखि मङ्सिर १८ गतेसम्म आईपीओ निष्काशन गर्ने छ ।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।
प्रतिक्रिया